स्पेनिस लालिगामा पोलिस फरवार्ड रोवेर्ट लेवानडोस्कीको दोहोरो गोलमा बार्सिलोनाले सानदार जित हात पारेको छ। सोमबार बिहान सम्पन्न खेलमा रियल सोसिडाडलाई ४–१ ले पराजित गरेको हो। लेवानडोस्कीले खेलको पहिलो मिनेटमै गोल गरे पनि बार्साको अग्रता ५ मिनेट मात्रै टिक्यो।
सोसिडाडका एलेक्सन्डर इसाकले ६ औं मिनेटमा गोल फर्काए।
त्यसपछि दुवै टोलिले आक्रमण बुने पनि गोल गर्न ६६ औं मिनेटसम्म पर्खनु पर्यो। ६६ औं मिनेटमा अन्सु फातिको पासमा डेम्बेलेले गोल गर्दै बार्सालाई पुनः अग्रता दिलाए।
त्यसपछि भने सोसिडाडको डिफेन्स धरमरायो। त्यसको दुई मिनेटमा लेवानडोस्कीले व्यक्तिगत दोश्रो गोल गर्दा बार्साले ३–१ को अग्रता लियो।
लेवानडोस्कीकै पासमा अन्सु फातीले ७९ औं मिनेट गोल गर्दै सानदार नतिजा निकाले। पहिलो खेलमा रायो भालेकानोसँग गोलरहित बराबरी खेलेको बार्साले दोश्रो खेलमा भने सुरुबाटै आक्रमण खेलेको हो।
बेच्ने चर्चा भइरहेका मेम्फिस र वबाम्याङलाई भने प्रशिक्षक जाभीले यो खेलमा मौका दिएनन्। फेरान टोरेस यहि खेलबाट पुर्नरागमन गरेका छन्। जितसँगै बार्सा पाँचौं स्थानमा छ। उ भन्दा अगाडी चार टोलीको ६ अंकसहित दुई अंकको अग्रता छ।
Shares
प्रतिक्रिया