भारतीय क्लबमा आबद्ध भएकी फुटबल खेलाडी सावित्रा भण्डारी साम्बा नेपाल फर्किने भएकी छिन्।
उनी आज उज्बेकिस्तानबाट भारत हुँदै नेपाल फर्किन लागेकी हुन्।
गोकुलम केरला फुटबल क्लबबाट एएफसी क्लब च्याम्पियनसिप खेल्न उज्बेकिस्तान पुगे पनि फिफाले भारतलाई प्रतिबन्ध लगाएपछि उनको टोली च्याम्पियनसिप नखेली स्वदेश फर्किनलागेको हो।
यहाँ उनले साफ च्याम्पियनसिपको बन्द प्रशिक्षणमा बस्नेछिन्। च्याम्पियनसिप खेलेको भए साम्बा नेपालबाट एएफसी क्लब च्याम्पियनसिप खेल्ने पहिलो महिला खेलाडी बन्ने थिइन्।
केही दिनअघि मात्र भारतलाई फिफाले प्रतिबन्ध लगाएको थियो।
129
Shares
प्रतिक्रिया