ad ad

खेल


च्याम्पियन्स लिग खेल्ने तीन टोलीको टुंगो आज राति

च्याम्पियन्स लिग खेल्ने तीन टोलीको टुंगो आज राति

नेपालखबर
भदौ ७, २०७९ मंगलबार १८:४०, काठमाडौँ

युईएफए च्याम्पियन्स लिग खेल्ने तीन टोलीको टुंगो मंगलबार राति लाग्ने भएको छ। समूह चरणका लागि प्लेअफबाट आउने ६ टोली मध्ये मंगलबार राति अन्तिम चरणका ३ खेल हुँदैछन्। 

लिगका तीनै खेल राति १२ः४५ बजे हुनेछन्।

लिगमा रहेका शीर्ष टोलीबाट २६ टिम छनोट भइसकेका छन्। प्लेअफबाट बुधबार बाँकी ३ टोलीको टुंगो लाग्नेछ। मंगलबार राति बेन्फिका र डिनामो किएभ भिड्दैछन्। पहिलो लिगमा बेन्फिका २–० ले अगाडि छ। 

यस्तै रेड स्टार बेलग्रेड र मक्काबी हाइफा मध्यबाट एउटा टोली आउने छ। पहिलो लिगमा रेड स्टार ३–२ ले अगाडि छ। यस्तै काराबाग र प्लेजन पनि मंगलबार राति नै भिड्दैछन्। यी टोलीले पहिलो लिग गोलरहित बराबरी खेलेका छन्। 

बुधबार बाँकी ३ टोलीको टुंगो लागेसँगै समूह चरणको ४ पटमा विभाजन गरिनेछ। एउटा पटमा ८ वटा टोली रहनेछन्।

हरेक पटबाट एक एक टोली छनौट गरेर समूह चरणको ड्र गरिनेछ। युरोपका शीर्ष ६ लिगका बिजेता, च्याम्पियन्स लिग र युरोपा लिगका बिजेता एउटै पटकमा रहनेछन्।

एउटै पटमा रहने टोली फरक फरक समूहमा पर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .