ad ad

खेल


रोनाल्डो अब म्यानचेस्टर युनाइटेडसँग टाढिइरहेका हुन्?

रोनाल्डो अब म्यानचेस्टर युनाइटेडसँग टाढिइरहेका हुन्?

मार्टिन स्यामुएल
भदौ ८, २०७९ बुधबार २३:५७, काठमाडौँ

पाइला–पाइलामा, खेल–खेलमा क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेडबाट टाढिँदै गएका छन्– बिल्कुल उनले कल्पना गरेभन्दा फरक ढंगले।

यदि आइतबार आर्सनलविरुद्ध युनाइटेडको होमगेम थियो भने, ट्रान्सफर समयसीमा सकिएसँगै उनले वल्ड ट्राफोर्डमा अन्तिम खेल खेलेका हुनसक्थे। 

यदि त्यसो हुँदो हो त! यो एउटा अशुभ अवसर हुने थियो। एउटा नौ मिनेटको वैकल्पिक खेलाडी। त्यसमा थप भएको पाँच मिनेटको समय। निशाना चुकेको एउटा प्रहार। ... र यत्ति! 

युनाइटेडमा उनको आगमन एउटा ठूलो खुसियालीको क्षण थियो, सधैँ झैँ। तर जसै उनी मैदानबाट विदा भए, सबैतिर ध्यानकेन्द्रित भयो।धेरैचाहिँ यो युवा टोलीमाथि थियो- एकदमै चलायमान युनाइटेड जसले सन् २०१८ यता पहिलोपटक लिगमा लिभरपुललाई माथ दियो। एउटा त्यस्तो टोली जहाँ रोनाल्डो थिएनन्। 

समरको सुरुवातमा जब उनले यसको तस्बिर स्पष्ट पारे– युनाइटेडमा आफूलाई सानो पाए। रोनाल्डोले निःसन्देह सोचिसकेका थिए– आफूलाई चाहनेहरु र युनाइटेड स्वयंले पनि उनलाई खोज्न चाहेन। यसले आफैँलाई त्यहीँ राखिराख भन्ने अवस्था आयो। 

यसले त्यसरी काम गरिरहेको छैन। चेल्सीसँगको सम्बन्ध पनि यहाँ कतै हरायो र प्रिमियर लिगका एलिटबाट थोरै मात्र रुचि देखाइयो। 

च्याम्पियन्स लिग खेलाडीका रुपमा सन् २००२/००३ यता हरेक सिजनमा सुरु गरेर आफ्नो कीर्तिमान जोगाउन तल्लीन रहे पनि रोनाल्डोसँग यो देशमा निकै कम मात्र विकल्पहरु थिए, कम्तीमा। त्यहाँ एटलेटिको मड्रिडबाट देखाइएको चाहनाविरुद्ध विरोध थियो र जुभेन्टसमा रहँदाको सामान्य जादुपछि इटलीमा केही भएन। 

तर पछिल्ला महिनाहरुमा युनाइटेडसँगको सम्बन्ध रोनाल्डोका लागि साँच्चै बदलिएको छ। उनी कहाँ जाँदै छन्, यो केही होइन। अब क्लबले उनीसँग थप के गर्दै छ भन्नेचाहिँ भएको छ। 

एरिक टेन ह्याग उत्साही भएर रोनाल्डोले खेल्नसक्ने भागबारे कुरा गर्छन्। किनकि सम्भावित सम्पत्तिलाई बेवास्ता गर्नु ठीक छैन। र सँगसँगै एउटा खेलाडीसँग ड्रेसिङ रुममा हुने प्रभाव पनि हुन् उनी। तर रोनाल्डो नक्साविहीन क्षेत्रमा छन्। 

करिअरमै पहिलोपटक, तर्ककै लागि, उनको क्लबले नै उनी नहुँदा राम्रो देखेको छ। लिभरपुलविरुद्ध उनीहरु निकै उच्चस्तरको भर्सनमा देखिए र रोनाल्डो मैदानमा थिएनन्। 

सँगसँगै उनी अनुकरणीय व्यावसायिक पनि छैनन्, जुन सबैका लागि एउटा मानक हुनुपर्छ। व्यक्तिगत कारण नै किन नहोस्, क्लबको भ्रमण छोड्ने र सिजनको सुरुमा पर्याप्त फिट नहुने, यो त हामीले चिनेको रोनाल्डो नै होइन। 

रोनाल्डो सायद एउटा उच्चस्तरका जोगाउनैपर्ने व्यक्ति हुनसक्छन् तर उनी सधैँ समस्याको लायक हुन्थे। उनी असाध्यै राम्रा थिए, एकदमै मिहिनेती कामदारजस्तो टोलीमा सबैभन्दा बढी फिट थिए। ट्रेनिङ पिचमा सधैँ पहिलो। 

प्याट्रिस एभ्राले एकपटक रोनाल्डोको घरमा खानाको निम्तो पाए र थाहा पाए कि उनको उद्देश्य भाइचारका लागि भन्दा पनि फिटनेस साथीका लागि थियो। सामान्य पेयपदार्थ दिइयो र खाना केवल खेलाडीको इन्धनका लागि मात्र। रोनाल्डोको ठट्टाशैली अर्को गृहकार्य थियो। 

त्यसकारण यो सिजन उनीसँग दुईवटा प्रहार यसअघि नै आफैँविरुद्ध थिए। टेन ह्यागको युनाइटेड सोमबार पूर्ण उडानमा देखिइरहँदा रोनाल्डो यहाँभन्दा अघि बढ्नसक्ने देखिँदैन। अब उनले सुरुवाती ११ मा स्थान बनाउँदैनन्। 

उनी हिजोआज सामाजिक सञ्जालमा सक्रिय देखिन्छन् तर रियल मड्रिडका पूर्वसहकर्मी कासेमिरोलाई क्लबमा तुरुन्तै स्वागत गर्न सक्दैनन् राफाइल वरानेले जस्तो। जसले सम्झौताको घोषणा भएको केही मिनेटमै गरे। 

त्यहाँ संकट देखिनेवाला छ– जब रोनाल्डो यो सिजनको युरोपा लिगको पक्षमा चाह देखाइरहेका थिएनन्, २० वर्षअघि दुई खेलका लागि प्रतिस्पर्धामा पछिल्लोपटक समेटिएका थिए, यूईएफएको तल्लो प्रतिस्पर्धामा पनि उनले सुरुवात गर्ने सायदै अवसर पाउनेछन्। 

युरोपा लिगमा रोनाल्डोसँग स्वाद लिने भूमिका अब छैन। यो त लिभरपुलविरुद्धको उनको पोजिसनले पनि देखाइसकेको छ। 

यद्यपि टेन ह्यागले उनी आगामी खेलमा समेटिने दाबी गरेका छन्, उनले दबाब दिने गरी खेल्ने आशा गरेका छन् तर त्यहाँ अहिलेसम्म त्यसको प्रमाण देखिएको छैन। डेली मेलबाट भावानुदित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .