नेपाली क्रिकेट टोलीले आज केन्यासँग पहिलो टी२० अन्तर्राष्ट्रिय शृंखला खेल्दै छ।
खेल नेपाली समयअनुसार अपराह्न पौने ४ बजे हुँदै छ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार केन्याको नैरोबीस्थित जिमखाना क्लब ग्राउन्डमा खेल हुनलागेको हो।
नेपालले आज पहिलो टी–२० आई खेल्दै २६, २८,२९ र ३० अगष्टमा बाँकी खेल खेल्नेछ।
पुबुदु दासानायकेले प्रमुख प्रशिक्षक छोडेपछि टोलीको प्रमुख प्रशिक्षकमा भारतका मनोज प्रभाकर आएका छन्। उनैले केन्याका लागि टोलीलाई तयार गराएका थिए।
टी२० अन्तर्राष्ट्रिय खेल्न केही दिनअघि मात्र सन्दीप लामिछानेको कप्तानीमा टोली केन्या पुगेको थियो।
81
Shares
प्रतिक्रिया