केन्याले नेपाललाई जितका लागि १३१ रनको चुनौती पेस गरेको छ।
टस हारेर जिमखाना क्लब ग्राउन्डमा ब्याटिङ गरेको केन्याले २० ओभरमा ८ विकेट गुमाई १३० रनमात्र बनाएको हो।
केन्यालाई सस्तैमा समेट्न नेपालका सोमपाल कामीले ४ ओभर बलिङ गरी ३ विकेट झारे। उनले २२ रन दिए। त्यस्तै सन्दीप लामिछानेले समान ओभर बलिङ गरी २ विकेट झारेका थिए। दीपेन्द्र सिंह ऐरी, आदिल अन्सारीले १÷१ विकेट लिए। पवन सर्राफ, विवेक यादव र करण केसीले भने विकेट लिन सकेनन्।
नेपालले २ अतिरिक्त रन उपहार पाएको थियो। नेपालले अब केही बेरमा जवाफी ब्याटिङ गर्दै छ।
48
Shares
प्रतिक्रिया