सर्वियाका टेनिस खेलाडी नोभाक जोकोभिकले यूएस ओपन गुमाउने भएका छन्।
उनले सोमबारदेखि अमेरिकाको न्युयोर्कमा हुने यूएस ओपनमा भाग लिन नपाउने बताएका हुन्। गत जनवरीमा कोरोना खोप नलगाएको कारण अष्ट्रेलियन ओपन खेल्न पाएका थिएनन्।
२०२१ को अक्टोबरयता अमेरिकाले पनि खोप नलगाएका मानिसहरुलाई प्रवेशमा रोक लगाएको छ।
जोकोभिकले सामाजिक सञ्जाल ट्वीटरमा बिहीबार आफू यसपटकको यूएस ओपनको लागि अमेरिका जान नसक्ने बताएका हुन्।
गत जुलाईमा ३५ वर्षीय जोकोभिकले विम्बल्डनको फाइनलमा राफाइल नाडाललाई हराउँदै उपाधि जितेका थिए।
48
Shares
प्रतिक्रिया