दोस्रो टी२० क्रिकेटमा शुक्रबार नेपाल र केन्याबीच प्रतिस्पर्धा हुँदै छ।
पाँच ट्वान्टी–२० र तीन एक दिवसीय सिरिजका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रवार (आज) अपरान्ह घरेलु टोलीसँग दोस्रो टी२० खेल्न लागेको हो।
नेपालले नाइरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको सामना गर्न लागेको हो। खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेबाट हुनेछ।
विश्व क्रिकेट लिग–२ अन्तर्गत नामिबिया भ्रमणअघि नेपालले केन्यासँग अनुभव बटुल्नका लागि खेल्न लागेको हो।
पहिलो खेलमा बुधवार नेपालले ५ विकेटको सहज जित निकालेको थियो।
66
Shares
प्रतिक्रिया