दोस्रो टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा केन्याले नेपाललाई १३३ रनको चुनौती पेस गरेको छ।
टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ थालेको केन्याले ९ विकेट गुमाउँदै १३२ रनमात्र बनाउन सकेको हो।
केन्याका दुवै ओपनर र पछिल्लो वरीयताका पाँच जना ब्याटरले दोहोरो अंकमा रन बनाउन नसकेपछि दोस्रो खेलमा पनि केन्या सस्तैमा समेटिएको हो।
केन्याका लागि राकेप पटेलले सर्वाधिक ३५ रन जोडे। त्यस्तै इर्फान करिमले २२, नहेमिहा ओधियाम्बोले ३१ र सचिन गुडियाले १४ रन बटुले।
नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान ३ विकेट लिँदा करण केसीले २ र पवन सर्राफले १ विकेट लिए।
यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो।
78
Shares
प्रतिक्रिया