इंग्लिस प्रिमियर लिगअन्तर्गतको शनिबार भएको खेलमा आर्सनलले फुल्हाममाथि २–१ गोल अन्तरको जित हात पारेको छ।
पहिलो हाफ बराबरीमा सकिएको खेलको ५६ औं मिनेटमा फुल्हामका एलेक्जान्डर मित्रोभिकले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
तर, खेलको ६४ औं मिनेटमा मार्टिन ओडेगार्ड र ८५ औं मिनेटमा ग्राबियल मगल्हाइसले गोल गर्दै आर्सनललाई जित दिलाएका हुन्।
यो सिजनमा आर्सनलको लागि यो लगातार चौथो जित हो। ४ खेलबाट आर्सनलले १२ अंक हात पारेको छ।
51
Shares
प्रतिक्रिया