इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर युनाइटेडले साउथाम्टनमाथि १–० गोल अन्तरको जित हात पारेको छ।
शनिबारको खेलमा युनाइटेडलाई जित दिलाउने क्रममा खेलको ५५ औं मिनेटमा ब्रुनो फर्नान्डेजले निर्णायक गोल गरेका थिए।
यो सिजनमा युनाइटेडको लागि यो दोस्रो जित हो। युनाइटेडले जारी लिगमा ४ खेलबाट ६ अंक जोडेको छ।
27
Shares
प्रतिक्रिया