एसिया कपअन्तर्गत शनिबार भएको खेलमा श्रीलंकामाथि अफगानिस्तानले ८ विकेटको शानदार जित हात पारेको छ।
शनिबारको खेलमा पहिला ब्याटिङ गरेको श्रीलंका १९ ओभर ४ बल खेल्दै १०५ रनमा समेटिएको थियो। श्रीलंकाको लागि भानुका राजपाक्षले ३८ र चमिका करुणरत्नेले ३१ रन बनाए पनि अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
अफगानिस्तानका लागि फजल्हक फरुकीले ३ विकेट लिए भने मुजीब उर रहमान र मोहम्मद नाबीले २/२ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तानले १० ओभर १ बल खेल्दै २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।
अफगानिस्तानका रहमानुल्लाह गुर्वाजले ४० तथा हजरातुल्लाह जाजाइले अविजित ३७ रनको पाली खेलेका थिए।
एसिया कपमा आज भारत र पाकिस्तानबीचको खेल हुँदै छ।
111
Shares
प्रतिक्रिया