नेपालले आइतबार तेस्रो टी२० क्रिकेटमा केन्यासँग खेल्दै छ।
पाँच टी२० र तीन एक दिवसीय सिरिजका लागि केन्या भ्रमणमा रहेको नेपाली टोलीले आइतबार अपरान्ह घरेलु टोलीसँग तेस्रो टी२० खेल्न लागेको हो।
नाइरोबीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ।
विश्व क्रिकेट लिग–२ अन्तर्गत नामिबिया भ्रमणअघि नेपालले केन्यासँग अनुभव बटुल्नका लागि खेल्न लागेको हो।
पहिलो खेलमा बुधवार नेपालले ५ विकेटको सहज जित निकालेको थियो।
यद्यपि दोस्रो खेलमा भने नेपाल १८ रनले पराजित भएको थियो।
63
Shares
प्रतिक्रिया