केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले दोस्रो जित निकालेको छ।
केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट स्टेडियमा भएको तेस्रो खेलमा नेपालले केन्यालाई ४ विकेटले हराएको हो।
केन्याले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३ बलमा १ सय ६० रन बनायो।
ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान दिएपछि नेपालको विजय यात्रा तय गरेको हो।
४१ बलको सामना गरेका मल्लले ४ चौका र १ छक्का मदतमा ४६ रन बनाए।
यस्तै नेपालका लागि अर्जुन साउदले ३५, रोहित पौडेलले २९ र पवन सर्राफले २० रन बनाए। यस्तै आदिल आलमले १६ रन जोडे ।
त्यसैगरी आरिफ शेख ४ रनमा नटआउट रहे। त्यसअघि टस हारेर पहिले व्याटिङ गरेको केन्याको राष्ट्रिय टिमले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो।
यसअघि नेपालले पाँच टी-ट्वान्टी सिरिजको बिहीबार भएको पहिलो खेलमा जित र शुक्रबार भएको दोस्रो खेलमा हार भोगेको थियो।
यस जितसँगै नेपालले सिरिजमा २-१ अग्रता लिएको छ। अब चौथो खेलमा जित हाँसिल गरे नेपालले सिरिज हात पार्नेछ।
Shares
प्रतिक्रिया