केन्याले नेपाललाई जितका लागि १०२ रनको लक्ष्य दिएको छ।
आज भएको टी २० अन्तर्राष्ट्रिय खेलमा टस जितेर ब्याटिङ थालेको केन्याले २० ओभरमा १०१ रनमात्र बनाएको हो।
केन्यालाई सस्तैमा रोक्न नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दै ९ रनमात्र खर्चिएर ५ विकेट झारेका हुन्।
त्यस्तै आदिल आलमले २, साहब आलम, दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए।
नेपाली बलरले कसिलो बलिङ गरेपछि केन्याका तीन ब्याट्सम्यानले मात्रै दोहोरो रन जोड्न सकेका थिए। लुकास ओलुचले ३३, शेम गोचेले १३ र कोलिन्स ओबुयाले २० रन मात्र बनाए। अरुले उल्लेख्य रन बटुल्न सकेनन्।
आजको खेल जिते नेपालले पाँचमध्ये तीनमा जित हात पार्दै शृंखला १ खेलअगावै जित्नेछ।
81
Shares
प्रतिक्रिया