स्पेनिस ला लिगाअन्तर्गत सोमबार भएको खेलमा एथ्लेटिको मड्रिडले भ्यालेन्सियामाथि १-० गोल अन्तरको जित हात पारेको छ।
लिगको नयाँ सिजनको तेस्रो खेलमा टोलीलाई दोस्रो जित दिलाउने क्रममा खेलको ६६ औं मिनेटमा एथ्लेटिकोका एन्टोनी ग्रिजमेनले निर्णायक गोल गरेका हुन्।
यससँगै लिगका तीन खेलबाट एथ्लेटिकोले दुई खेलमा जितसहित ६ अंक जोडेको छ। लिगमा रियल मड्रिड र रियल बेटिसले तीनै खेलमा जित हात पारेका छन्।
75
Shares
प्रतिक्रिया