नेपालले केन्यासँगको ५ टी२० क्रिकेट सिरिजअन्तर्गत मंगलबार अन्तिम खेल खेल्दै छ।
सोमबार भएको चौथो खेलमा नेपाल ७ रनले पराजित भएसँगै सिरिज २ २ को बराबरीमा पुगेको छ। सिरिजमा कब्जा जमाउन मंगलबारको खेल निर्णायक हुनेछ।
केन्याको नाइरोबीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार अपराह्न पौने ४ बजे सुरु हुनेछ।
पाँच टी२० र तीन एक दिवसीय सिरिजका लागि नेपाली टोली अहिले केन्या भ्रमणमा छ।
विश्व क्रिकेट लिग–२ अन्तर्गत नामिबिया भ्रमणअघि नेपालले केन्यासँग अनुभव बटुल्नका लागि खेल्न लागेको हो।
पहिलो खेलमा बुधवार नेपालले ५ विकेटको सहज जित निकालेको थियो।
दोस्रो खेलमा नेपाल १८ रनले पराजित भएको थियो। तेस्रो खेलमा ४ विकेटको जित हात पारेको नेपालले चौथो खेल भने ७ रनले गुमाएको हो।
129
Shares
प्रतिक्रिया