एसिया कप अन्तर्गत मंगलबार भएको खेलमा अफगानिस्तानले लगातार दोस्रो जित हात पारेको छ।
पहिलो खेलमा श्रीलंकालाई हराएको अफगानिस्तानले दोस्रो खेलमा बंगलादेशमाथि ७ विकेटको जित हात पारेको हो।
बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा अफगानिस्तानका मुजीब उर रहमान र राशिद खानले समान ३/३ विकेट लिएका थिए।
मंगलबारको खेलमा पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तानले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
अफगानिस्तानलाई जित दिलाउने क्रममा इब्राहिम जर्दानले अविजित ४२ रन बनाए भने नाजिबुल्लाह जर्दानले अविजित ४३ रन बनाए।
207
Shares
प्रतिक्रिया