ad ad

खेल


टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

फाइल फाेटाे


नेपालखबर
भदौ १५, २०७९ बुधबार १९:२६, काठमाडौँ

टी–ट्वान्टी अन्तरराष्टिय क्रिकेट वरीयतामा नेपाल एक स्थान तल झरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० ले आज सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल एक स्थान तल झर्दै १६औँ स्थानमा पुगेको हो। यसअघि नेपाल १५औँ स्थानमा थियो। एकदिवसीय वरीयतामा भने नेपाल १९औँ स्थानमा छ।

केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी सिरिजको उपाधि जितेता भए पनि नेपालको वरीयता भने खस्कियो। मङ्गलबार सम्पन्न उक्त सिरिज नेपालले ३–२ ले आफ्नो पक्षमा पारेको थियो। अब नेपालले केन्याविरुद्ध तीन एक दिवसीय सिरिज खेल्नेछ। उक्त खेल यही भदौ १७ गतेदेखि सुरु हुनेछ।

टी–ट्वान्टीको नयाँ वरीयतामा भारत शीर्ष स्थानमा रहेको छ भने इंग्ल्यान्ड दोस्रो तथा पाकिस्तान तेस्रो स्थानमा छ। यसैगरी दक्षिण अफ्रीका चौंथो, न्युजिल्यान्ड पाँचौं, अस्ट्रेलिया छैटौं, वेस्ट इन्डिज सातौं, श्रीलङ्का आठौं, बंगलादेश नवौं र अफगानिस्तान दसाैँ स्थानमा छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .