इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा लिभरपुलले न्यु कास्टलमाथि २–१ गोल अन्तरको जित हात पारेको छ।
बुधबारको खेलको ३८ औं मिनेटमा एलेक्सान्डर इसाकको गोलबाट न्युकास्टलले अग्रता लिएको थियो।
पहिलो हाफमा १–० ले पछि परेको लिभरपुका लागि खेलको ६१ औं मिनेटमा रोबर्टो फर्मिन्होले बराबरी गोल फर्काएका थिए भने खेलको इन्ज्युरी समयमा फबिओ कारबाल्होले विजयी गोल गरे।
जारी सिजनमा लिभरपुलको लागि यो दोस्रो जित हो। यससँगै लिभरपुलले ५ खेलबाट ८ अंक हात पारेको छ।
96
Shares
प्रतिक्रिया