इंग्लिस प्रिमियर लिगमा आर्सनलले शतप्रतिशत जितको नतिजालाई निरन्तरता दिएको छ।
बुधबार राति भएको खेलमा एस्टन भिल्लालाई २–१ गोल अन्तरले हराउँदै आर्सनलले जितको यात्रालाई निरन्तरता दिएको हो।
बुधबारको खेलमा आर्सनललाई जित दिलाउने क्रममा खेलको ३० औं मिनेटमा गाब्रियल जेसस र ७७ औं मिनेटमा गाब्रियल मार्टिनेलीले अर्को एक गोल थपेका थिए।
एस्टन भिल्लाको लागि खेलको ७४ औं मिनेटमा डोउग्लास लुइजले सान्त्वना गोल फर्काएका थिए।
यससँगै आर्सनलले लिगमा ५ खेलबाट १५ अंक हात पारेको छ।
42
Shares
प्रतिक्रिया