घरेलु मैदानमा हुने साफ महिला च्याम्पियनसिप आयोजना गर्न तीन करोड ४७ लाख ६८ हजार ६ सय ८० रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै च्याम्पिनयसिपका लागि ३ करोड बढी खर्च लाग्ने बताएको हो।
च्याम्पिनयसिपको मार्केटिङ, टिकेटिङ र ब्रोडकास्टिङका लागि एन्फाले हन्ड्रेड स्पोर्टस् म्यानेजमेन्ट प्रालिलाई जम्मा ६२ लाख रुपैयाँमा जिम्मा दिएको छ।
हन्ड्रेड स्पोर्टस् भारतीय बेस कम्पनी हो। ६२ लाखमध्ये २६ लाख रुपैयाँमा टिकेटिङको सम्झौता भएको साफ च्याम्पिनयसिप सयोजक तथा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले बताए।
साफका लागि भीआइपीतर्फ ५ सय र साधारण प्यारापिटतर्फ ३ सय रुपैयाँको टिकट मूल्य राखिएको छ।
च्याम्पियनसिपका आयोजनामा लागि साफले २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ।
च्याम्पिनयसिपमा सहभागी टोली र म्याच अफिसीयलको खानपिन र बसोबासको खर्च भने साफले व्यहोर्नेछ।
खेल मैदान तयारी, स्थानिय यातायात र अन्य खर्च भने एन्फाले व्यहोर्ने एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए।
साफ टोली आउने क्रम जारी
साफ च्याम्पियनसिपका लागि पाकिस्तान र भुटानको टोली नेपाल आइसकेको छ।
साविक विजेता भारत र मालदिभ्सको टोली भोलि नेपाल आइपुग्नेछन्। बाँकी रहेका बंगलादेश र श्रीलंकाको टोली पर्सि नेपाल आइपुग्नेछ।
साफ च्याम्पिनयसिप भदौ २१ देखि असोज ३ गतेसम्म काठमाडौको दशरथ रंगशालामा हुदैछ। नेपालले दोस्रो पटक साफ आयोजना गर्न लागेको हो।
Shares
प्रतिक्रिया