ad ad

खेल


नेपालले पायो २१९ रनको लक्ष्य

नेपालले पायो २१९ रनको लक्ष्य

फाइल तस्बिर


नेपालखबर
भदौ १७, २०७९ शुक्रबार १६:१२, काठमाडौँ

केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले जितका लागि २ सय १९ रनको लक्ष्य पाएको छ। 

नैरोबीस्थित जिमखाना क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोलीलाई ४८.१ ओभरमा २१८ रनमा अलआउट गर्यो। केन्याका रकिप पटेलले सर्वाधिक ६७ रन जोडे। कोलिन्स ओबुयाले ६२ रन थपे। 

पाँच खेलको टि–२० आई सिरिज ३–२ ले जितेको नेपालले ३ खेलको एक दिवसिय सिरिज पनि आफ्नो पक्षमा पार्ने योजनामा छ। 

नेपालले केन्यासँग खेल्ने एक दिवसिय सिरिज भने मान्यता प्राप्त खेल होईन। अभ्यास खेलमा टोलीको कप्तानी रोहित पौडेलले गरेका छन्। कप्तान सन्दीप लामिछाने क्यारेसवयन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इण्डिज लागेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .