केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले पहिलो वान डे खेलिरहेको छ।
केन्याले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।
२५ ओभरको खेल सकिँदा नेपालका ओपनिङ व्याटर अर्जुन साउद र आसिफ सेखले अद्र्ध शतक बनाएका छन्।
अर्जुन ५३ रन र आसिफ ६६ रन बनाइ खेलिरहेका छन्।
अर्जुनको पहिलो वा डे खेल हो र पहिलो खेलमै उनले अद्र्धशतक बनाएका हुन्।
अहिले नेपालको स्कोर १ सय २४ छ। नेपालले विना विकेट खेल खेलिरहेको छ।
नियमित कप्तान सन्दीप लामिछाने आजको खेलमा छैनन्। नेपालको तर्फबाट रोहित पौडेलले कप्तानी गरिरहेका छन्।
135
Shares
प्रतिक्रिया