स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभिल्लामाथि ३–० गोल अन्तरको महत्वपूर्ण जित हात पारेको छ।
शनिबार भएको खेलमा बार्सिलोनालाई जित दिलाउने क्रममा खेलको २१ औं मिनेटमा राफिन्हाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
त्यस्तै खेलको ३६ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले एक गोल थप्दै अग्रता दोब्बर पारेका थिए।
खेलको ५० औं मिनेटमा एरिक गार्सियाले एक गोल थपे। विपक्षी टोलीबाट भने कुनै गोल हुन सकेन।
यससँगै बार्सिलोनाले लिगमा ४ खेलबाट १० अंक हात पारेको छ।
117
Shares
प्रतिक्रिया