फ्रान्सेली लिग वानअन्तर्गत शनिबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले नान्टेसमाथि ३–० गोल अन्तरको जित हात पारेको छ।
शनिबारको खेलमा पीएसजीलाई जित दिलाउने क्रममा किलियान एमबाप्पेले दुई तथा नुनो मेन्डेसले एक गोल गरे।
खेलको २४ औं मिनेटमा नान्टेसका फबिओ रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नान्टेस १० खेलाडीमा सीमित भएको थियो।
यससँगै पीएसजीले लिगमा ६ खेलबाट १६ अंक हात पारेको छ।
दोस्रो स्थानमा रहेको मार्सिल्लेले पनि समान खेलबाट समान अंक हात पारेको छ।
168
Shares
प्रतिक्रिया