आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेटको खेलहरु काठमाडौंमा एक महिनाअघि नै हुने भएका छन्।
नवौं राष्ट्रिय खेलकुद प्रचार प्रसार उपसमितिले आइतबार विज्ञप्ति निकालेर क्रिकेट खेल भदौ २३ देखि ३१ गतेसम्म काठमाडौंमा हुने जनाएको छ।
प्रतियोगिताअन्तर्गतका क्रिकेट खेल कीर्तिपुरस्थित त्रिवि मैदान र मूलपानी क्रिकेट मैदानमा गराइने भएको छ।
क्रिकेटको अन्तराष्ट्रिय खेल तालिकासँग नजुध्ने गरी खेल आयोजना गर्न नेपाल क्रिकेट संघले राखेपलाई आग्रह गरेको थियो।
त्यहीअनुसार ११ वटै टिमलाई खबर गरिएको थियो। ती सबै टिमले सहमति जनाएपछि क्रिकेटका खेल संघीय राजधानीमै गर्न लागिएको हो।
क्यानको आग्रहपछि राखेपको उपसमितिले प्रतियोगिताका खेल तालिका पनि आइतवार सार्वजनिक गरिएको जनाएको छ।
Shares
प्रतिक्रिया