इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले आर्सनलमाथि ३–१ गोल अन्तरको जित हात पारेको छ।
लिगको पछिल्लो ५ खेलमा शत प्रतिशत जित हात पारेको आर्सनल आइतबारको खेलमा भने पराजित भएको हो।
म्यानचेस्टर युनाइटेडलाई जित दिलाउने क्रममा मार्कस रासफोर्डले २ तथा एन्टोनीले एक गोल गरेका थिए।
आर्सनलको लागि बुकायो साकाले सान्त्वना गोल फर्काएका थिए।
यससँगै लिगमा ६ खेलबाट आर्सनलले १५ अंक हात पारेको छ। युनाइटेडले भने ६ खेलबाट १२ अंक जोडेको छ।
69
Shares
प्रतिक्रिया