नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि एनआरएनए स्पोर्टस् एकेडेमीले १४ सदस्यीय क्रिकेट टोलीको घोषणा गरेको छ।
एनआरएनएले नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी एवं अष्ट्रेलियाको एडिलेड विश्वबिद्यालय क्रिकेट क्लबका सुनाम गौतमको कप्तानीमा टोली घोषणा गरेको हो।
टोलीको उपकप्तानको जिम्मेवारी नेपाली यू–१९ नेपाली टोलीका कप्तान तथा पूर्व राष्ट्रिय खेलाडी तथा अल स्टार्स क्रिकेट टीम अमेरिकाका खेलाडी पृथु बास्कोटालाई दिईएको छ।
१४ सदस्यीय टोलीमा नविन प्रधान (न्यूजिल्याण्ड), दिवस गिरी (युके लण्डन), दिनेश खरेल (न्यूजिल्याण्ड), रसिम कँडेल (अष्ट्रेलिया), सन्दीप अधिकारी (अष्ट्रेलिया), बासु गिरी (अष्ट्रेलिया), सुनिल श्रेष्ठ (युके लण्डन), दिपेन श्रेष्ठ (युएसए), दीपक क्षेत्री (अष्ट्रेलिया), आशिष पोखरेल (अष्ट्रेलिया), गम बहादुर गुरुङ्ग (यूके लण्डन) र सागर पुन (युएसए) रहेका छन्।
टोलीको व्यवस्थापकमा स्यंभुराज डङ्गोल, संयोजकमा किरण राणा, प्रशिक्षकमा मनोज गुरुङ (युके) र सहायक प्रशिक्षकमा ज्योति भण्डारी रहेका छन्।
नवौ राष्ट्रिय खेलकुद अन्र्तगतको पुरुष क्रिकेट प्रतियोगिता भाद्र २२ गते देखि काठमाण्डौमा आयोजना हुँदै छ।
एनआरएनले राष्ट्रिय खेलकुद प्रतियोगिताको टिम गेममा पहिलो पटक सहभागिता जनाएको हो।
Shares
प्रतिक्रिया