ad ad

खेल


महिला टोलीको कप्तानमा एञ्जिला

महिला टोलीको कप्तानमा एञ्जिला

फाइल तस्बिर


नेपालखबर
भदौ २०, २०७९ सोमबार ११:१५, काठमाडौँ

गोलरक्षक एञ्जिला तुम्वापो सुब्बा नेपाली राष्ट्रिय फुटबल टोलीको नवौँ कप्तान बनेकी छिन्।

नियमित कप्तान रेनुका नगरकोटे चोटका कारण बाहिर रहेपछि प्रशिक्षक कुमार थापाले नयाँ कप्तानको जिम्मेवारी एञ्जिलालाई दिएका हुन्। एशियन कपको तयारीका क्रममा चोट बोक्न पुगेपछि रेनुका साफको टोली बाहिर छिन्। 

सन् २०१६ मा साफ च्याम्पियसिपबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी एञ्जिालाले त्यसयता नियमित राष्ट्रिय टोलीको गोलपोष्ट सम्हाल्दै आएकी छिन्

सन् १०१२ बाट नेपाल एपीएफ फुटबल क्लबको गोलपोष्ट सम्हालेकी एञ्जिला राष्ट्रिय टोलीको पनि पहिलो रोजाईकी गोलरक्षक हुन्। 

एञ्जिलाले उमेर समुहमा पनि नेपाली टोलीको प्रतिनिधित्व गरिसकेकी छिन्। सन् २०१४ मा नेपाल एएफसी रिजनल च्याम्पियनसिपको च्याम्पियन बन्दा एञ्जिलाले नेपाली टोलीको गोलपोष्ट सम्हालेकी थिइन्। 

राष्ट्रिय टोलीको कप्तानी यसअघि रमा सिंह, कमला हिराचन, मीरा चौधरी, जमुना गुरुङ, चन्द्रा भण्डारी, अनु लामा, निरु थापा र रेनुका नगरकोटेले गरिसकेका छन्। त्यस्तै अमृता जैसी टोलीको उपकप्तान बनेकी  छिन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .