ad ad

खेल


ज्ञानेन्द्र मल्लको कप्तानीमा बागमती प्रदेशको टोली घोषणा

ज्ञानेन्द्र मल्लको कप्तानीमा बागमती प्रदेशको टोली घोषणा

फाइल तस्बिर


नेपालखबर
भदौ २०, २०७९ सोमबार १०:४, काठमाडौँ

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशको टोलीको घोषणा भएको छ।

नवौ राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेटको प्रतियोगिता भदौ २३ गते देखि काठमाडौमा हुँदै छ। टोलीको उपकप्तानको जिम्मेवारी ओपनर तथा विकेटकिपर सुबास खकुरेललाई दिएको छ। युवा ओपनर रित गौतमले यो पटक बागमति प्रदेशबाट खेल्दैछन्। उनले यसअघि नेपाल एपिएफ क्लबबाट खेलेका थिए।

नवौं राष्ट्रिय प्रतियोगिता असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुँदै छ। नवौँ खेलकुदको समयमा नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल टि–२० लिग एकै समयमा पर्ने भएपछि प्रतियोगितालाई अघि सारिएको हो। 

नेपाल टी२० लिग असोज ८ देखि कार्तिक ५ सम्म त्रिवि क्रिकेट मैदानमा हुँदै छ। 

नवौ खेलकुद अन्तर्गतको क्रिकेट प्रतियोगिता मुलपानी र त्रिवि क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा तीन विभागीय टोली, ७ प्रदेश र एनआरएन गरि ११ टोली सहभागी हुनेछन्। 

बागमती प्रदेशको टोली : 
ज्ञानेन्द्र मल्ल (कप्तान), सुवास खकुरेल –उपकप्तान), रित गौतम, ईशान पाण्डे, शुभ कंसाकार, विपिन आचार्य, नन्दन यादव, प्रतिश जिसी, रामनरेश गिरी, सूर्य तामाङ, तिलकराज भण्डारी, दीपेश श्रेष्ठ, सुवास खत्री र सुमन सुनार 

वैकल्पिक खेलाडी : 
रिजन ढकाल, तक्षक सिम्खडा, गौरभ खड्का र क्रिजन गुरुङ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .