केन्याविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा नेपालले टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ।
नाइरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर केन्याले ब्याटिङ गर्ने निर्णय गरेको हो।
आजको खेलमा दुई परिवर्तन गरिएको छ। करण केसी र पवन सर्राफलाई आराम दिइएको छ। उनीहरुको स्थानमा किशोर महतो र आसिफ शेख अन्तिम ११ मा अटाएका छन्।
नेपालले यसअघि नै सिरिजमा कब्जा जमाइसकेको छ। पहिलो खेल ७ विकेट आफ्नो पक्षमा पारेको नेपालले दोस्रो खेलमा केन्यालाई १७ रनले हराएको थियो।
33
Shares
प्रतिक्रिया