एसिया कपको सुपर फोरअन्तर्गत मंगलबार भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै छ।
यूएईस्थित दुबईमा हुने उक्त प्रतिस्पर्धा नेपाली समयअनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ।
सुपर फोरको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानमाथि जित हात पारेको थियो भने भारत पाकिस्तानसँग पराजित भएको थियो।
पहिलो खेलमा पराजित भएकाले फाइनलमा पुग्न भारतको लागि मंगलबारको खेलमा जित हात पार्नु निकै महत्वपूर्ण हुनेछ।
एसिया कपमा भोलि पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ।
243
Shares
प्रतिक्रिया