डिफेन्डर समीक्षा घिमिरेले भुटानविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी छन्।
घरेलु मैदानमा जारी साफ महिला च्याम्पियनसिप अन्तर्गत भुटानसँगको खेलको ७५ औँ मिनेटमा हिरा भुजेलको स्थान लिँदै सिनियर टोलीमा डेब्यु गरेकी हुन्।
उमेर समूहमा यू–१८ र यू–१९ बाट नेपाली टोलीको प्रतिनिधित्व गरिसकेकी रौतहटकी समीक्षा नेपाल पुलिस क्लबमा आवद्ध छिन्।
यसअघि राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा परेपनि समीक्षाले टोलीमा स्थान बनाउन सकेकी थिइनन्। साफकै प्रशिक्षणको दौरान डिफेन्डर पूजा राना घाइते भएपछि समीक्षाले उनको स्थान सफल भएकी हुन्।
२०७७ को राष्ट्रिय महिला लिगमा चोट बोकेकी समीक्षा शल्यक्रियापछि मैदान फर्केकी हुन्।
57
Shares
प्रतिक्रिया