च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमा म्यानचेस्टर सिटीले फराकिलो जित हात पारेको छ।
मंगलबार राति भएको खेलमा सिटीले सेभिल्लामाथि ४–० गोल अन्तरको जित हात पारेको हो।
मंगलबारको खेलमा सिटीलाई जित दिलाउने क्रममा खेलको २० औं र ६७ औं मिनेटमा एर्लिङ हालान्डले गोल गरेका थिए।
फिल फोडेनले खेलको ५८ औं मिनेटमा र रुबेन डियासले इन्ज्युरी समयमा १/१ गोल थपे।
57
Shares
प्रतिक्रिया