नेपाल भलिबल संघको चुनावी साधारण सभा बुधबार हुँदै छ। आज हुने साधारण सभामा संघका उपाध्यक्ष निरोज मास्के र महासचिव जितेन्द्र चन्दबिच अध्यक्षका लागि स्पर्धा हुँदै छ।
उपाध्यक्ष मास्केले ५ प को प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेकी थिइन्। महासचिव चन्दले आइतबार मात्र आफ्नो १४ प्रतिवद्धतासहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए।
चुनावका लागि दुवै पक्षले प्यानल घोषणा नगरे पनि मास्के पक्षबाट मनवीर छन्त्याल र चन्द पक्षबाट रोशन श्रेष्ठले महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
संघको अध्यक्षमा मास्के निर्वाचित भए पहिलो महिला अध्यक्ष बन्नेछिन्। मास्केलाई पूर्व अध्यक्षद्वय गंगा बहादुर थापा र दान बहादुर तामाङलगायतको साथ रहेको छ। चन्दलाई भने वर्तमान अध्यक्ष मनोरञ्जन रमण शर्माले साथ दिएका छन्।
51
Shares
प्रतिक्रिया