साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ए को पहिलो खेलमा पाकिस्तानविरुद्ध भारतले अग्रता बनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध २–० ले अग्रता बनाएको हो।
खेलको २१ औँ मिनेटमा भारतले उपहार गोलमार्फत अग्रता बनायो। पकिस्तानकी फरवर्ड जुफिया नजिरले दिएको क्रसपासलाई कप्तान मारिया जमिलाले क्लियर गर्न गर्न खोज्दा गोलमा परिणत भएको थियो।
त्यसको दुई मिनेटपछि नै भारतले अग्रता दोब्बर पार्यो। २३ औँ मिनेटमा अञ्जु तामाङको पासमा ग्रेस दाङमेईले गोल गर्दै अग्रता दोब्बर पारिन्।
त्यसअघि खेलको पाँचौ मिनेटमा पाकिस्तानले अग्रता बनाउने मौका पाए पनि फस्ट बारबाट बाहिरियो।
36
Shares
प्रतिक्रिया