यो सिजन सबैभन्दा धेरै लगानी गरेको इङ्ग्लिस क्लब चेल्सीले मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको छ।
च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा क्रोएसियाको डिनाम जाग्रेबसँग पराजित भएलगत्तै चेल्सीले जर्मन प्रशिक्षक टुचेललाई हटाएको हो
यो सिजन इङ्ग्लिस प्रिमियर लिगमा खराब प्रदर्शन गरिरहेको चेल्सी गएराति च्याम्पियन्स लिगमा जाग्रेबसँग १-० गोलले पराजित भएको थियो।
अघिल्लो सिजन च्याम्पियन्स लिगको उपाधि जिताएका टुचेलले सन २०२४ सम्म करार सम्झौता गरेका थिए। उनी सन् २०२१ मा चेल्सीमा आवद्ध भएका थिए।
तर ठूलो रकम खेलाडी खरिदमा खर्चिएर पनि प्रिमियर लिग र च्याम्पियन्स लिग दुवैमा निराशाजनक प्रदर्शनपछि टुचेल बर्खास्तीमा परेका हुन्।
279
Shares
प्रतिक्रिया