एसिया कपको सुपर फोरअन्तर्गत बुधबार भएको खेलमा पाकिस्तानले अफगानिस्तानमाथि एक विकेटको रोमाञ्चक जित हात पारेको छ।
बुधबारको खेलमा पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२९ रन बनाएको थियो।
अफगानिस्तानका लागि इब्राहिम जर्दानले ३५ तथा हज्रातुल्लाह जाजाईले २१ रनको पाली खेलेका थिए। १३० रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले ४ बल बाँकी छँदै ९ विकेटको क्षतिमा १३१ रन बनाएर लक्ष्य पूरा गर्यो।
पाकिस्तानका लागि इफ्तिखर अहमदले ३० तथा सहाब खानले ३६ रनको पाली खेलेका थिए। पाकिस्तानको लागि १० औं नम्बरमा ब्याटिङ गर्न आएका नसीम शाहले ४ बलमा १४ रनको उत्कृष्ट पाली खेल्दै पाकिस्तानलाई रोचक जित दिलाएका हुन्।
अन्तिम ओभरमा जितको लागि ११ रन चाहिएको अवस्थामा उनले लगातार दुई बलमा दुई छक्का प्रहार गरे।
यससँगै पाकिस्तान र श्रीलंका एसिया कपको फाइनलमा पुगेका छन् भने भारत र अफगानिस्तान बाहिरिएका छन्।
फाइनलअघि बुधबार भारत र अफगानिस्तान बीच प्रतिस्पर्धा हुनेछ भने बिहीबार सुपर फोरअन्तर्गतकै खेलमा पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ।
Shares
प्रतिक्रिया