नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले मौका नपाएको खेलमा जमैका तलावाज पराजित भएको छ।
क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सन्दीपले मौका नपाएको खेलमा जमैका सेन्ट लुसिया किङ्ससँग २ विकेटले पराजित भएको हो।
लुसिया किङसले टस जितेर फिल्डिङ रोजेपछी ब्याटिङ गरेको जमैकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६३ रनको योगफल तयार पारेको थियो।
जमैकाले दिएको १ सय ६४ रनको लक्ष्य लुसिया किङ्सले १ बल अगावै ८ विकेट गसमाउँदै भेट्टायो।
सीपीएलमा जमैकाले पहिलो हार व्यहोरेको हो। लिगका ३ खेलमा २ मा जित र १ मा हार भोगेको जमैका ४ अंकमा तालिकाको दोस्रो स्थानमा छ।
189
Shares
प्रतिक्रिया