एशिया कपको सुपर फोर भिडन्तमा अफगानिस्तानमाथि पाकिस्तानले रोमाञ्चक जित निकालेको छ।
यसअघि भारतलाई पनि हराएको पाकिस्तानले अर्को छिमेकी अफगानिस्तान**माथि पनि रोचक जित निकालेको हो।
पाकिस्तानको जीतपछि दुई देशका दर्शकबीच स्टेडियममै कुटाकुट चलेको छ। पाकिस्तानसँग हारेपछि अफगान दर्शकहरु आक्रोशित भए।
दुवै देशका समर्थकले स्टेडियमका कुर्सी भाँचेर एकअर्कामाथि प्रहार गरे। एकअर्काविरुद्ध नाराबाजीसँगै अफगान समर्थकले केही पाकिस्तानी समर्थकलाई कुटपिट पनि गरेका छन्।
यो भिडन्तमा पाकिस्तानले अफगानिस्तानलाई १ विकेटले पराजित गरेको थियो।
हारेपछि अफगान समर्थकले कुर्सी भाँचे, पाकिस्तानी समर्थकलाई कुटे pic.twitter.com/4UmtVadbUW
— Nepalkhabar (@nepalkhabar) September 8, 2022
अफगानिस्तान अन्तिम ओभरसम्म सुपर फोरको भिडन्तमा जिततिर गइरहेको थियो।
पाकिस्तानको अन्तिम विकेट क्रिजमा थियो। यस्तोमा नसीम शाह स्ट्राइकमा थिए।
६ बलमा १२ रनको जरुरी थियो। यस्तोमा यो प्रतियोगिताभर शानदार बलिङ गरिरहेका फजल्लाह फारुकीको हातमा बल थियो।
यस्तो लाग्दैथियो, अब पाकिस्तानको हार टार्न सकिँदैन। तर फारुकीले लगातार २ बलमा छक्का हानेर पाकिस्तानको जीत पक्का गरे। यसलगत्तै स्टेडियममा तोडफोड र कुटपिट सुरु भयो।
खेलकै क्रममा आसिफ अली र अफगानी फरीदबीच छेडछाड चल्यो।
खेलका क्रममा पाकिस्तानी ब्याटर आसिफ र अफगानी बलर फरीदबीच पनि भनाभन भएको थियो।
१९ औँ ओभर बलिङ गर्न आएका फरीदको चौथो बलमा असिफले छक्का हाने। त्यसपछिको बलमा पनि फरीदले आसिफलाई क्याच आउट गराइदिए।
नन स्ट्राइकरतिर गइरहेका आसिफ र फलो थ्रुतर्फ गइरहेका फरीद ठोक्किए। त्यसपछिस दुवै एक दोस्रोबीच मुख छाडाछाड चल्यो। अनि आसिफले फरीदलाई हान्न आफ्नो ब्याट उठाए। त्यसलाई साम्य पार्न दुवै टिमका अरु खेलाडी जुट्नुपर्यो।
**यसै समाचारको दोस्रो अनुच्छेदमा अफगानिस्तान हुनुपर्नेमा अन्यथा भएकाले सच्चाइएको छ। -सम्पादक
Shares
प्रतिक्रिया