नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा आज (शुक्रवार) एउटा मात्रै खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा श्रीलंका र भुटानबीच प्रतिस्पर्धा हुन लागेको हो।
खेल साँझ ५ः३० बजे सुरु हुनेछ । समूह ’बी’ मा रहेको श्रीलंकाले समूह चरणमा आफ्नो पहिलो खेलमा जित निकाल्दै सुखद् शुरुवात गर्ने योजना बनाएको छ। भुटान भने दोस्रो खेलमा श्रीलंकालाई पराजित गर्दै पहिलो जितको खोजिमा मैदान उत्रिनेछ ।
पहिलाे खेलमा भुटान घरेलु टिम नेपालसँग ४–० ले पराजित भएको थियो।
66
Shares
प्रतिक्रिया