साफ यू–१७ च्याम्पियनसिपमा नेपालले शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्दै छ।
श्रीलंकाको कोलम्बोस्थित रेस कोर्ष इन्टरनेशनल स्टेडियममा हुने खेल दिउँसो साढे ३ बजेपछि हुनेछ।
पहिलो खेलमा भुटानलाई २–१ ले पराजित गरेको नेपाल उच्च मनोबलमा छ। उता भारतले भने भुटानलाई ३–० ले पराजित गरेको थियो। भारत भने अपराजित रहेर अन्तिम ४ मा पुग्ने योजनामा छ।
च्याम्पिनयसिपमा समूह 'बी'मा रहेको नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगिसकेको छ। समूह 'बी'मा नेपाल, भारत र भुटान छन्। समुह ए मा श्रीलंका, बंगलादेश र माल्दिभ्स छन्।
135
Shares
प्रतिक्रिया