साफ महिला च्याम्पियनसिपमा भुटानले ऐंतिहासिक जित दर्ता गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा श्रीलंकालाई ४–० ले पराजित गर्दै भुटानले साफमा पहिलो जित निकालेको हो।
सन् २०१० यता साफ खेलिरहेको भुटानले पहिलो जित निकाल्न सफल भएको हो। भुटानलाई ऐतिहासिक जितमा डेखी लाजोमले २ तथा नामङ्याल डेमा, छिरिङ लादेन, छिरिङ याङ्देनले समान १ गोल गरे।
पहिलो हाफमा १–० को अग्रता बनाएको भुटानले दोस्रो हाफमा ४ गोल थप्यो। खेलको ४२ औं मिनेटमा नामङ्यालले गोल गर्दे टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। खेलको ५० औँ मिनेटमा डेखीले अग्रता दोब्बर पारिन्। ६३ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै डेखीले खेललाई ३–० को अवस्थामा ल्याइन्।
श्रीलंकाकी सेलबाराज युवारानीले पेनाल्टी बक्समा फाउल गरेपछि भुटानले पेनाल्टी पाएको थियो। ८४ औं मिनेटमा छिरिङले गोल गर्दै ४–० को अवस्थामा ल्याईन्। भुटानकी कप्तान गलेको प्रहारलाई श्रीलंकाको गोलकिपर योहानी विरासिङ्गीले पन्च गर्दै बचाएपछि रिबाउन्डमा छिरिङले खाली पोष्टमा गोल गरिन्।
खेल सकिन १ मिनेट बाँकी छँदा भुटानले ५–० को फराकिलो अग्रता बनायो। ८९ औं मिनेटमा छिरिङ याङदेनले गोल गरिन्। जितसँगै भुटानको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ।
श्रीलंकाले समूह चरणको अन्तिम खेलमा घरेलु टोली नेपालसँग खेल्नेछ। नेपालले पहिलो खेलमा भुटानलाई ४–० ले हराएको थियो।
Shares
प्रतिक्रिया