महारानी एलिजावेथ द्वितीयको निधनको शोकमा शनिबार र आइतबार हुने खेल स्थगित भएका छन्।
उनको निधनमा प्रिमियर लिग र स्कटिस प्रिमियरसिपका खेलहरु स्थगित हुने भएका हुन्। यी दुई दिनमा प्रिमियर लिगका १० र स्कटिस प्रिमियरसिपका ६ खेल हुने तालिका थियो।
त्यस्तै इंग्ल्याण्डको नेशनल लिग, एफए ट्रफी र ग्रासरुट फुटबल पनि स्थगित भएका छन्।
इंग्ल्याण्डको दक्षिण अफ्रिकाविरुद्धको टेस्ट भने शनिबारदेखि सुरु हुनेछ। त्यस्तै भारत र इंग्ल्याण्डबीचको महिला टी२० खेल पनि जारी रहनेछ।
बिहीबार महारानीको शोकमा रोकिएको पीजीए गल्फ च्याम्पियन्सिपको खेल पनि शनिबारबाट सुरु हुनेछ।
153
Shares
प्रतिक्रिया