कप्तान सविना खातुनको दुई गोलमा काठमाडौमा जारी साफ महिला च्याम्पियनसिपको पहिलो हाफमा बंगलादेशले पाकिस्तानविरुद्ध ४–० को फराकिलो अग्रता बनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा नै बंगलादेशले अग्रता कायम गरेको थियो।
आजको खेलमा जित निकाले बंगलादेशले अन्तिम ४ मा स्थान बनाउनेछ। उता ८ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तान भने समूह चरणबाट नै बाहिरिनेछ।
खेलको तेस्रो मिनेटमा नै बंगलादेशले पाकिस्तानविरुद्ध सुरुवाती अग्रता बनाएको थियो। बंगलादेशकी मोनिका चक्माले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिइन्।
खेलको १२ औँ मिनेटमा कप्तान सविना खातुनले पेनाल्टी एरिया नजिकबाट हानेको प्रहार पोष्टको थोरै माथिबाट बाहिरिँदा बंगलादेशले अग्रता दोब्बर पार्ने सुन्दर मौका गुमायो। खेलको २८ औँ मिनेटमा मोसाम्मत सिरित जोहन सोप्नाले गोल गर्दै अग्रता दोब्बर पारिन्।
३१ औँ मिनेटमा बंगलादेशले खेलमा ३–० को अग्रता बनायो। कप्तान सविना खातुनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन्। पाकिस्तानका डिफेन्डरलाई बिट गर्दै दिएको पासमा कप्तान सविनाले सहज गोल गरिन्।
पाकिस्तान पहिलो खेलमा भारतसँग ३–० गोल अन्तरले पराजित भएको थियो। बंगलादेशले पनि पहिलो खेलमा माल्दिभ्सलाई ३–० लै हराएको थियो।
Shares
प्रतिक्रिया