काठमाडौँमा जारी साफ महिला च्याम्पिनयसिप फुटबलमा मालदिभ्सविरुद्ध भारतले २–० ले अग्रता बनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको पहिलो हाफमा साविक विजेता भारतले मालदिभ्सलाई २–० ले पछि पारेको छ। खेलको २४ औँ मिनेटमा भारतकी अञ्जु तामाङले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएकी थिइन्।
२७ औँ मिनेटमा लतनबाला देवीको प्रहार मालदिभ्सकी कप्तान तथा गोलरक्षक एमिनाथ लिजाले उत्कृष्ट बचाउ गरिन्। ४२ औँ मिनेटमा प्रियङ्का देवीले गोल गर्दै अग्रता दोब्बर पारिन्।
पहिलो हाफको इन्ज्युरी समयमा भारतली अञ्जु तामाङले व्यक्तीगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गर्दै अग्रता फराकिलो पारिन्।
भारतले पहिलो खेलमा पाकिस्तानलाई ३–० ले पराजित गरेको थियो। मालदिभ्स पहिलो खेलमा बंगलादेशसँग ३–० ले पराजित भएको थियो।
33
Shares
प्रतिक्रिया