फ्रान्सेली लिग वानअन्तर्गत शनिबार राति भएको खेलमा पीएसजीले ब्रेस्ट फुटबल क्लबमाथि १–० गोल अन्तरको जित हात पारेको छ।
शनिबार भएको खेलमा पीएसजीलाई महत्वपूर्ण जित दिलाउने क्रममा खेलको ३० औं मिनेटमा नेयमारले एक गोल गरेका थिए। उनको गोल खेलको लागि निर्णायक बन्यो र पीएसजीले तीन अंक बटुल्यो।
यससँगै लिगको शीर्षस्थानमा रहेको पीएसजीले ७ खेलबाट १९ अंक जोडेको छ।
दोस्रो स्थानमा रहेको मार्सिल्लेले समान खेलबाट समान अंक जोडेको छ। तर, गोल अन्तरमा भने पीएसजी अगाडि छ।
99
Shares
प्रतिक्रिया