ad ad

खेल


पाकिस्तानलाई हराउँदै श्रीलंकाले जित्यो एसिया कपको उपाधि

पाकिस्तानलाई हराउँदै श्रीलंकाले जित्यो एसिया कपको उपाधि

नेपालखबर
भदौ २७, २०७९ सोमबार ६:५१, काठमाडौँ

श्रीलंकाले एसिया कपको उपाधि जितेको छ। आइतबार राति भएको फाइनल खेलमा पाकिस्तानलाई २३ रनले पराजित गर्दै श्रीलंकाले उपाधिमा कब्जा जमाएको हो।

आइतबार दुबईस्थित क्रिकेट रंगशालामा भएको खेलमा पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७० रन बनाएको थियो। 

श्रीलंकाका लागि भानुका राजपाक्षले अविजित ७१ रनको पाली खेलेका थिए। पाकिस्तानका ह्यारिस रउफले ३ विकेट लिए। 

जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले २० ओभरमा सबै विकेट गुमाएर १४७ रन मात्र बनाउन सक्यो।

पाकिस्तानका लागि मोहम्मद रिजवानले ५५ रनको अर्धशतकीय पाली खेले पनि त्यो जितको लागि पर्याप्त हुन सकेन।

श्रीलंकाका लागि प्रमोद मदुसन लियानागामागेले ४ तथा वानिन्दु हसरंगा डि सिल्भाले ३ विकेट लिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .