स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले मालोर्कामाथि ४–१ गोल अन्तरको जित हात पारेको छ।
आइतबार भएको खेलको ३५ औं मिनेटमा मालोर्काले भेडाट मुरिकीको गोलमा अग्रता लिएको थियो। तर, पहिलो हाफको इन्ज्युरी समयमा फेडेरिको भेल्भर्डले बराबरी गोल फर्काएका थिए।
दोस्रो हाफमा रियलका लागि भिनि जुनियर, रोड्रिगो र एन्टोनियो रुडिगरले १/१ गोल गरेका थिए।
यससँगै ला लिगाको जारी सिजनमा रियल शतप्रतिशत जितको नतिजा कायम राख्न सफल भएको छ।
खेलेका ५ मध्ये सबै खेलमा जित हात पार्दै उसले १५ अंक जोडेको छ। लिगको दोस्रो स्थानमा रहेको बार्सिलोनाले समान खेलबाट १३ अंक हात पारेको छ।
111
Shares
प्रतिक्रिया